fbpx

विराटनगरको पिजफायरमा थकाली स्वाद

विराटनगर, ४ मंसिर । विराटनगरमा विश्व चर्चित खाना ‘पिप्जा’ फरक स्वाद भित्र्याएको पिजफायरले थकाली खाना पनि सुरु गरेको छ । पिज्जा पारखीहरूका लागि १३ प्रकारको पिज्जा उपलब्ध गराउँदै आएको पिजफायरले थकाली खाना पनि सुरु गरेको हो ।

सेन्ट्रल मल सञ्चालनमा आएपछि चर्चामा आएको पिजफारय पछिल्लो समय थकाली खानाका लागि पनि चर्चित छ । नेपाली थकाली खानाका लागि विभिन्न ठाउँहरूबाट मानिसहरू आउने गरेको सञ्चालक मनोज खत्री बताउँछन् । त्यसबाहेक कफीका लागि पनि पिजफायर परिचित छ ।

ग्राहकलाई फरक स्वाद र गुणस्तरीय खाना उपलब्ध गराउन कन्जुस्याइँ नगर्ने सञ्चालक खत्री बताउँछन् । विराटनगरको सेन्ट्रल मलपछि विराटनगर बरगाछीउत्तर पिपल चोकमा पनि पिजफायरको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको उनले बताए । पारिवारिक वातावरण रहने रेस्टुरेण्टमा स्वस्थ्यकर खाना उपलब्ध गराउँदै आएको खत्रीले बताए ।

Loading...