fbpx

६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा लाग्छ यस्तो रोग

विराटनगर, ४ मंसिर । हालै गरिएको अनुसन्धानले ६ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरूको शरीरमा विभिन्न रोगहरू लाग्न सक्ने बताएको छ । अनुसन्धानका अनुसार निन्द्रा नपुग्दा रोगको प्रतिरोध गर्ने क्षमतामा असर पर्न गइ शरीरमा विभिन्न रोग लाग्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक तथा निन्द्रा विशेषज्ञ म्याथ्यु वाकरले गरेका थुप्रै अध्ययनले लामो र स्वस्थ जीवनका लागि मीठो निद्रामा पर्याप्त समय खर्च गर्नु पर्ने बताउँछन् । दिनभरि काम गरेपछि लागेको थकाइलाई हटाउनका लागि राति सुत्न गर्नु जरूरी हुन्छ । मज्जाले निन्द्रा पुग्दा शरीर तथा मस्तिष्कको थकान हटेर भोलिपल्ट फेरि काम गर्ने ऊर्जा थपिन्छ ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरू तथा अंगहरूको नवीकरण हुन्छ । निद्रा नपुगेको खण्डमा शरीरका सबै अंगहरुमा नकारात्मक असर पर्न जान्छ । दैनिक ७ देखि ९ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ । राम्रो निन्द्रा नपुग्दा शरीरमा रगतको प्रवाहमा प्रभावित भइ शरीरका विभिन्न अंगहरू राम्रो काम गर्न सक्दैन ।

राम्रो निद्रा नपुग्दा मिर्गौला, हृदय, फोक्सो, मस्तिष्क फेल हुने सम्भावना तिन गुणा बढी हुन्छ । ६ घण्टाभन्दा कम सुत्ने मानिसलाई मिर्गौला, उच्च रक्तचाप, मोटोपन र मधुमेहको डर हुने अनुसन्धानले देखाएको छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै नभएर रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण हुन्छ ।

विकसित मुलुकहरुमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावका कारण हुने सम्बन्ध पाइएको छ । राम्रो निन्द्राका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । निद्रा प्राकृतिक हुनुपर्छ । निद्रा लगाउने विभिन्न औषधिको सेवनले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउने गर्छ ।

Loading...