fbpx

गिधनियाँ प्रसारण लाइन निर्माण विवाद : स्थानीय भन्छन्, ‘मुख्यमन्त्री र कुलमान घिसिङ हाम्रो गाउँमा आउनुपर्छ’

विराटनगर, ४ मंसिर । दुहबी–कटहरी ३३ केभी प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउने विषयमा प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीले स्थानीयसँग छलफल गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रसारण लाइन निर्माणमा देखिएको समस्या सामधान गर्न गरेको प्रयास असफल भएपछि सांसद मोदी स्थानीयसँग छलफल गर्न गिधनियाँ पुगेका हुन् ।

मुख्यमन्त्री राईको पहलमा १ कात्तिकमा बसेको बैठकले ४५ दिनभित्र समस्या सामधान गर्ने निर्णय गरेको थियो । तर, प्रसारण लाइन निर्माणका लागि सोमबार डोजरसहित पुगेको टोलीलाई स्थानीयले अवरोध गरे । गिधनियाँ मोरङ क्षेत्र नम्बर ४ मा पर्छ । काम रोकिएपछि बुधबार बिहान सांसद मोदीले समस्या सामधानका लागि पहल गरेका हुन् । तर, स्थानीयले भने प्रसारण लाइन निर्माण गर्न नदिने अडान राखेका छन् ।

sdfg

‘हाम्रो एक सुत्रीय माग रुट परिवर्तन गर्नु पर्छ भन्ने हो,’ स्थानीय संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास भन्छन्, ‘अण्डर ग्राउण्ड गर्दा बढी खतरा हुन्छ, तार कभर गरे पग्लन्छ ।’ घरमाथिबाट बिजुली लैजाँदा स्वास्थ्यमा असर पर्ने भएका कारण अवरोध गरेको उनले बताए ।

मुख्यमन्त्रीको पहलमा भएको छलफलमा स्थानीयलाई उपस्थित नै नगराएको उनको गुनासो छ । ‘समस्या सामधानका लागि सुनुवाई गर्न मुख्यमन्त्री शेरधन राई र प्राधिकरण प्रमुख कुलमान घिसिङ हाम्रो गाउँ आउनुपर्छ,’ उनले भने, ‘उहाँहरू गाउँ नआएसम्म काम अघि बढ्न दिँदैनौं ।’

३३ केभी प्रसारण लाइनको गिधनियाँ क्षेत्रमा करिब तीन किलोमिटर स्थानीयले तार लैजान दिएका छैनन् । अवरोध कायम रहेपछि बुधबार बिहान मोदीले स्थानीयसँग करिब दुई घण्टा छलफल गरेका थिए । ‘जनताको समस्या बुझ्न नियमित भेटघाटका लागि पुगेका हुँ’, मोदीले भने, ‘गिधनियाँमा देखिएको समस्या समाधान विषयमा पनि छलफल भयो ।’

sadf

स्थानीयबासीको स्वास्थ्यमा असर पर्ने भएकाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् । प्राधिकरणले अण्डर ग्राउण्ड वा तारलाई कभर गरेर लैजाने विषयमा छलफल गरेका थिए । तर, स्थानीयले भने दुईवटै विकल्पलाई अस्वीकर गरेका छन् ।

Loading...