fbpx

खाली पेटमा लसुन खाँदा पेटको समस्या सबै भाग्छ

विराटनगर, ४ मंसिर । भान्सामा दैनिक रूपमा प्रयोग गरिने लसुन तरकारीको स्वाद र वास्ना बढाउनका लागि मात्र नभएर स्वास्थ्यमा फाइदा पुर्याउनका लागि निकै उपयोगी हुन्छ । लसुनमा भिटामिन बि १, बि ६, सी, मिनरल्सयुक्त पोषक पदार्थ तथा म्यागजिन, क्याल्सियम र कपर भरपुर मात्रामा हुन्छ । आयुर्वेधमा लसुनलाई औषधि मानिने गरिन्छ ।

दैनिक लसुन सेवन गर्दा दिनभरका लागि शरीर सुरक्षित रहनुका साथै दिनभरको काम गर्न शरीरमा उर्जा पैदा गर्छ । कुनै न कुनै रूपमा दैनिक खाइने खानामा लसुनलाई मिसाउन आवश्यक हुन्छ । तर, बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा पुग्ने कुरा अधिकांश मानिसहरूलाई थाहा नहुन सक्छ ।

लसुनले पेटको वायु कम पैदा गरेर ग्याष्ट्रिकलाई हुन दिँदैन । लसुनले शरीरमा भएको बिकरलाई बाहिर निकाल्न मद्दत गर्ने हुँदा पेटसँग सम्बन्धित रोगहरू जस्तै झाडापखाला, कब्जियतको रोकथामका लागि सेवन निकै उपयोगी हुन्छ । पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राखी खानामा रुची पनि बढाउँछ । लसुनले स्वासप्रस्वाससँग सम्बन्धित रोगहरूको रोकथाममा पनि महत्वपूर्ण भूमिका निभाउँछ । यसको नियमित सेवनले रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरूका लागि प्राकृतिक औषधिको रूपमा काम गर्छ । लसुनले कोलेस्ट्रोल, उक्त रक्तछाप नियन्त्रण गर्नेदेखि लिएर दाँत तथा हड्डी समेत मजबुत बनाउन मद्दत गर्छ ।

यदि, दातंको दुखाइबाट पीडा भएको छ भने, लसुनको एक केस्रा पिसेर दाँत दुखेको स्थानमा लगाएको केही समयपछि दुखाइ कम हुन्छ । लसुनले आयु लम्ब्याउँनुका साथै मुटुमा लाग्ने रोगको सम्भावना कम गर्छ । लसुन खानाले रगत स्वस्थ भइ, ब्लड सर्कुलेसनमा मद्दत पुग्ने हुँदा हर्ट अट्याकको खतरा पनि कम भएर जान्छ ।

खाली पेटमा लसुनको सेवनले तनाब सम्मत कम गर्न सहयोग गरेको पाइन्छ । कतिपय अवस्थामा पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाएर तनाव पैदा गर्न सक्छ । लसुनको नियमित सेवनले पेटमा यस्तो एसिड उत्पन्न हुन नदिने हुँदा तनावलाई कम गराउँछ ।

Loading...