विपिनको ‘सेल्फी किङ’को पोस्टर हलिउड फिल्म ‘जोकर’सँग मिलेको आरोप

विराटनगर, ४ मंसिर । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को फस्टलुक पोस्टर सार्वजनिक भएसँगै विभिन्न आरोपहरू लाग्दै आएको छ । सार्वजनिक गरिएको फिल्मको पोस्टरमा विपिनलाई फरक अवतारमा देखाइएको छ । फिल्मको पोस्टर झट्ट हेर्दा हलिउड फिल्म ‘जोकर’सँग मिलेको भन्दै कतिपय मानिसहरूले टिप्पणी गरिरहेका छन् ।

विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मलाई निर्देशक दिनेश राउतले निर्माण गरेका हुन् । दिनेश स्वयम्लाई फेसबुकमा एक दर्शकले पोस्टर ‘जोकर’ जस्तो रहेको टिप्पणी गर्दा उनले हो भनेर जवाफ फर्काएका छन् । उनले फेरि निर्देशकलाई केही नयाँ गरौँ, हामीले जोकर हेरिसकेका छौं र ट्रेलर हेर्दा फरक पाएको खण्डमा मात्र पैसा खर्च गर्छौं भनेर कमेन्ट गरेकी छन् ।

sdf

त्यसमा दिनेशले फिल्म जोकर नै रहेको र अब नेपाली जोकर हेर्ने नि, के भो र’ भन्दै रिप्लाई फर्काएका छन् । त्यस्तै, नेपाली फिल्महरूमा आइडियाको कमी भएको कारण एति छिट्टै जोकरबाट प्रभावित भएर कपी गरेको भनेर आरोप पनि लगाएका छन् । अंग्रेजी जोकर नबुझ्नेहरूका लागि नेपाली जोकर बनाइदिएको भन्ने टिप्पणी समेत आएको छ ।

तर, फिल्मको पोस्टरमा विपिनको आँखामा गाजल, ओठमा रातो रङको लिपिस्टिकका कारण हुलिया ‘जोकर’को झै देखिए पनि निर्माण टिमले फिल्मको कथा ‘जोकर’सँग एक प्रतिशत पनि नमिल्ने भन्दै दाबी समेत गरिरहेको छ । सेल्फी किङ’ को नामले परिचित एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा आधारित भएको फिल्ममा हाँस्य कलाकारको भूमिका निर्वाह गरेका विपिनको वरिपरि फिल्मको कथा घुम्ने निर्माण टिमले बताए ।

fg

फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...