fbpx

म्याराडोनाले त्यागे प्रशिक्षकको जिम्मेवारी

एजेन्सी, ४ मंसिर । लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले प्रशिक्षकको जिम्मेवारी त्याग गरेका छन् । अर्र्जेिटनाका पूर्वखेलाडी तथा लिजेन्ड फुटबलर म्याराडोनाले अर्जेन्टिनी घरेलु क्लब गिम्नासियाको जिम्मेवारी त्याग गरेका हुन् ।

विश्व कप विजेतासमेत रहेका म्याराडोना ३ महिनाअघि मात्र गिम्नासियाको प्रशिक्षकको जिम्मेवारी सुम्पिएका थिए । सन् १९८६ को विश्वकप विजेता म्याराडोना गत सेप्टेम्बर महिनामा मात्र गिम्नासियाको प्रशिक्षक बनेका थिए । गिम्नासियाले म्याराडोनाको साथमा केही समययता ८ खेलमा ३ खेल जित्न सफल रहेको थियो भने क्लब २२औ स्थानमा उक्लिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५९ वर्षीय म्याराडोनाले आफ्नो स्वास्थ्य अवस्थामा खराबी आएका कारण प्रशिक्षकको जिम्मेवारी त्याग गरेका हुन् । यसअघि उनले ७ वटा क्लबमा प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।

Loading...