fbpx

सलमानको ‘राधे’मा गौतमको इन्ट्री

विराटनगर, ४ मंसिर । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ ः इन्डियाज मस्ट वान्टेड कप’ मा नयाँ कलाकारको इन्ट्री भएको छ । केही दिनअगाडि मात्र छायांकन सुरु गरिएको फिल्ममा टिभी कलाकार र बिग बस सिजन ८ का विजेता गौतम गुलातीको पनि इन्ट्री भएको छ । तर, उनले फिल्ममा निभाउने भूमिकाको बारेमा जानकारी भने गराइएको छैन ।

यसअगाडि फिल्ममा सलमानको साथमा अभिनेत्री दिशा पटानी, अभिनेता रणदीप हुड्डा, सोहेल खान, अतुल अग्निहोत्री, ज्याकी श्राफको अभिनय रहने पक्का थियो । फिल्ममा दिशाको मुख्य भूमिका रहने छ भने, रणदीपले भने नकारात्मक भूमिका निर्वाह गर्ने भएका छन् ।

aa

फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन् । ’राधे’ २०१७ मा प्रदर्शनमा आएको कोरियन फिल्म ’द आउटलज’ को रिमेक हो । फिल्मलाई हिन्दीमा रिमेक गर्नका लागि यसको राइटस् किनेर दर्शकको रोजाइअनुसार निर्माण गरिँदै छ । फिल्मको स्क्रिप्ट सलमानका बुबा सलीम खनाले लेखेका हुन् ।

‘वान्टेड’ र ‘दबंग ३’ पछि निर्देशक प्रभु र सलमानले तेस्रोपटक सँगै कम गरेका हुन् । फिल्म सन् २०२० को ईदमा रिलिज हुने सम्भावना देखिन्छ । सलमान अहिले आफ्नो नयाँ फिल्म ‘दबंग ३’को प्रचारप्रसारमा व्यस्त छन् ।

Loading...