fbpx

सिराहाबाट लुटिएको ट्याङकर धनुषामा भेटियो, २० हजार लिटर तेल गायब

विराटनगर, ४ मंसिर । सिराहाको लहानबाट लुटिएको भनिएको आयल निगम विराटनगरको ट्याङकर धुनषामा फेला परेको छ । बाराको अमलखेगञ्जबाट डिपोबाट विराटनगरका लागि छुटेको ट्याङकर आइतबार राति बीच बाटोबाटै गायब भएको थियो । २० हजार लिटर डिजलसहित लुटिएको ट्याङकर धनुषामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा फेला परेको हो । ढल्केबरबाट १० किलोमिटर दक्षिणमा भेटिएको ट्याङकरमा तेल छैन । करिब ९ लाख रुपैयाँ बराबरको २० हजार लिटर तेल कहाँ खन्याए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

af

आइतबार राति ना ४ ख ४१६३ नम्बरको ट्यांकर लुटिएको थियो । लुटिएको ट्याङकर लहानका ढुवानीकर्ता राजेशकुमार गुप्ताको हो । आइतबार राति खाना खाएर चालक र सहचालक सुतेको अवस्थामा गाडी लुटिएको गुप्ताले बताए । ‘खाना खाएर सुतेको बेला मान्छे आएर ड्राइभर र खलासीलाई कारमा राखेर ट्याङकर लगेछन् ।’ उनले भने ‘चालक र सहचालकलाई बर्दीबासको जंगलमा छाडेछन् ।’

प्रहरीले घटनाको अनुसन्धानका लागि चालक रामदेव यादव र सहचालक उमेश यादवलाई नियन्त्रणमा लिएको छ ।

निगमले बनायो समिति

नेपाल आयाल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न समिति बनाएको छ । विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई एक साताको म्याद दिइएको छ ।

Loading...