fbpx

‘चपली हाइट ३’ मा स्वस्तिमा र सुपुष्पा

विराटनगर, ४ मंसिर , ‘चपली हाइट ३’को शुभ मुहुर्त गरिएको छ । राजधानीको कार्यविनायक मन्दिरमा पूजा गर्दै मंगलबार फिल्मको शुभसाइत गरिएको हो ।

फिल्मको छायांकन मंसिर ५ गतेबाट हुने भएको छ । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने भएको छ । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रलाई चलचित्र ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । यसअघिका दुई श्रृखंललाई दीपेन्द्र के खनाललले निर्देशन गरेका थिए ।

asf

‘चपली हाइट ३’मा स्वस्तिमाले सोझी युवतीको भूमिका निर्वाह गरेकी छन् भने उनको जोडी महेश त्रिपाठीसँग बाँधिएको छ । फिल्मलाई थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर नौलो कथामा निर्माण गर्न लागिएको हो । निर्माण टिमले फिल्मलाई चैत्रमा रिलिज गर्ने लक्ष्य राखेको छ । फिल्मको शुभसाइत समारोहमा फिल्मको छायांकन सुरु नभएको कारणले पनि आफ्नो भूमिकालाई लिएर दोधारमा रहेको स्वस्तिमाले बताइन् ।

आफूले फिल्म गर्नुअगाडि कुनै भूमिकामा पुरै प्रवेश नगरे पनि आफूले पाएको भूमिकालाई दिमागमा यसरी गर्ने भन्ने सोच छ तर पनि छायांकनमा गएपछि मात्र त्यसले गती लिने उनले थपिन् ।

Loading...