fbpx

द्विदेशीय सीमा सुरक्षा बैठक पोखरामा सुरु हुँदै

काठमाडौं ४ मंसिर । नेपाल र भारतका अधिकारी सम्मिलित २ दिने सीमा सुरक्षा बैठक आज (बुधबार) देखि पोखरामा सुरु हुँदैछ । सुरक्षा बैठकमा विवादित नक्साका विषयमा भने छलफल हुने छैन ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक रजनी कान्त राजेश चन्द्रा नेतृत्वको टोलीबीच छलफल हुने छ । बैठकको लागि ५ सदस्सिय भारतीय टोली नेपाल आएको छ ।

बैठकमा अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान लगायतका विषयमा छलफल हुने छ । सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान भएपनि बैठक नियमित हुन सकिरहेको छैन ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो ।

Loading...