Rumpum

Rumpum Advertisement

यस्ता छन् खुट्टा हल्लाउने बानीले निम्त्याउन सक्ने रोगहरू

यस्ता छन् खुट्टा हल्लाउने बानीले निम्त्याउन सक्ने रोगहरू

विराटनगर ४ मंसिर । काम गरिरहेको बेला कुर्सीमा बस्दा अधिकांश मानिसहरूको खुट्टा हल्लाउने बानी हुन्छ । कसैलाई याद नै नहुदा पनि खुट्टा हल्लाई रहेका हुन्छन् । यसरि खुट्टा हल्लाउने बानीलाई नराम्रो ब्यहबारको रुपमा पनि लिने गरिन्छ । यसो गर्दा मज्जा आइरहेको महसुस हुन्छ र बिस्तारै यो बानीमा परिणत भइ जहाँ बस्दा पनि खुट्टा हल्लाउन पुग्छौं ।

यदि यस्तो बानी लागेको छ वा लाग्न आटेको छ भने तुरुन्त सचेत भएर रोक्नु पर्छ । खुट्टा हल्लाउने बित्तिकै तत्कालै शरीरलाई हानी पुग्ने भने हुदैन । यस्तो समस्या ३५ वर्षको उमेर पछि देखिन थाल्छ । बैज्ञानिकहरुका अनुसार मानव शरीरमा रेस्टलेस सिन्ड्रोमको लक्षण देखाएको मानिन्छ ।

रेस्टलेस सिन्ड्रोम समस्या भएका व्यक्तिहरूले दिनभरिमा कम्तिमा पनि २०० देखि ३०० पटकसम्म खुट्टा हल्लाउने गरेको पाइएको छ । रेस्टलेस सिन्ड्रोमलाई स्लिप डिसअर्डर भनिन्छ । यस्तो बानीले गर्दा निद्रा पूरा नहुने र दिनभर थकान अनुभव गराईरहेको हुन्छ । निरन्तर खुट्टा हल्लाउने बानीले मुटुसम्बन्धी विभिन्न समस्याहरु पनि निम्त्याउन सक्छ ।

अधिकतम व्यक्तिलाई चिन्ताले सताउदा खुट्टा हल्लाउने बानी बसेको हुन सक्छ । शरीर तथा खानामा आइरनको कमी, किड्नीको समस्या भएका, गर्भावस्थामा, अत्यधिक धुम्रपान, मदिरापान, सुर्तीजन्य पदार्थको सेवन, औषधिको धेरै प्रयोग गरेका कारण खुट्टा हल्लाउने समस्या देखा पर्न सक्छ । साथै, कोलेस्टेरोल, युरिक एसिड, सुगर, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगीहरूले सावधानी अपनाएर खुट्टा हल्लाउने बानीलाई नियन्त्रणमा ल्याउनु पर्छ ।

खुट्टा हल्लाउने बानीले गर्दा काममा निराश हुने, सन्तुष्ट नहुने, नकारात्मक सोच आउने, अनिन्द्राको समस्या हुने, शरीरमा थकान र तनाब बढ्ने गर्छ । यसको समाधानका लागि प्रसस्त मात्रामा आइरन भएको खाने कुरालाई दैनिक आहारमा समावेश गरि सकारात्मक विचार गर्ने बानीको विकास गर्दै चिन्तालाई कम गरेर आफै सचेत भएर खुट्टा हल्लाउने बानीलाई रोक्न सक्नु पर्छ ।