fbpx

पत्रपत्रिकामा देश : मुलुकभित्रै सम्भव छ दोस्रो प्रत्यारोपण

विराटनगर ४ मंसिर । दोश्रो पटक मिर्गाैला प्रत्यारोपण नेपालमै सम्भव रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने छलफल चलिरहेको बेला कान्तिपुर दैनिकले नेपालमै सम्भव भएको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६, वीर अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म करिब ८ जनाको दोस्रो पटक मिर्गाेला प्रत्यारोपण गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयका वरिष्ठ सहयाक धर्मराज पौडेलले ९ वर्षअघि दास्रो पटक मिर्गाैला प्रत्यारोपण गराएका हुन् । पहिलो पटक भारतमा प्रत्यारोपण गराएको उनले ४ वर्षमै समस्या आएपछि वीर अस्पतालमा दोस्रो पटक प्रत्यारोपण गराएका थिए । उनले मुलुकमै मिर्गाैला प्रत्यारोपण गरेर प्रधानमन्त्रीले मिर्गौला रोगी र चिकित्सकहरुलाई हौसला दिनु पर्ने बताए ।

‘आज मन्त्री हेरफेर : प्रधानमन्त्री’ शिर्षकमा नागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद हेरफेर गर्ने जनाएको नागरिकले समाचारमा लेखेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा सबैको पालो पुर्याउन मन्त्रीहरु हेरफेर गर्न लागिएको बताए । उनले मंगलबारको मन्त्रिपरिषदको बैठकमा बुधबार (आज) हेरफेर गर्ने संकेत गरेका हुन् ।

यता कांग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ । २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको कांगे्रसको ठहर छ । मंगलबार उपनिर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसले सरकारका २१ वटा त्रुटि भन्दै हातेपुस्तिका नै सार्वजनिक गरेको छ ।

सरकारले संवैधानिक अयोगकाहरुमा नियुक्तिका लागि २१ महिनादेखि भइरहेको प्रयासमा सहमति हुन नसकेपछि अध्यादेशमार्फत ऐन संशोधन गर्न खोजेको छ ।

कान्तिपुर दैनिकमा छापिएको समाचारमा सरकारले संवैधानिक परिषदसम्बन्धी आफू अनुकुल ऐन बनाउन अध्यादेश ल्याउने भएको छ । संवैधानिक परिषदमा बहुमतीय आधारमा पनि नियुक्त गर्न सकिने प्रावधान भएको अध्यादेश ल्याउने मंगलबारको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।

Loading...