fbpx

राम्से चम्किँदा वेल्स युरो कपमा

विराटनगर, ४ मंसिर । सन् २०२० मा हुने युरो कप छनौटअन्तर्गत वेल्सले जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सले हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा वेल्सलाई जिताउन आरोन राम्सेले २ गोल गरे । उनले खेलको १५औँ मिनेटमा पहिलो गोल गरेका उनले ४७औँ मिनेटमा दोस्रो गोल थपेका थिए ।

यस जित सँगसँगै वेल्स युरोकपमा छनोट भएको छ । वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । समूह ‘ई’ को खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

Loading...