fbpx

पत्रपत्रिकामा प्रदेश : सडक निर्माणमा लापरवाही

विराटनगर ४ मंसिर । विराटनगरको रोडशेष चौक रानी सडक निर्माणमा लापरवाही भइरहेको पाइएको छ । निर्माण कम्पनीले धुलोमा नै प्राइमरी कोट हालेको भन्दै युवाहरुले विरोध जनाएका छन् ।

सघन सहरी विकास परियोजना अन्तर्गत निर्माण भइरहेको सो सडक रमण कन्स्ट्रक्सनले धुलो सफा नगरी नै प्राइमरी कोट लगाउने गरेको अनुगमनको क्रममा भेटिएको छ । सडक पिच गर्नु भन्दा अघि प्राइमरी कोट लगाउने गरिन्छ ।

रोडशेष चोकबाट रानी सम्मको ५ किलोमिटर सडक रमण कन्स्ट्रक्सनले लापरवाही गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विराटनगर अध्यक्ष सागर थापासहितका युवाहरुले मंगलबार अनुगमन गरेका थिए ।

धुलोमा नै प्राइमरी कोट लगाउँदा सडकको आयु कम हुने प्राविधिकहरुले बताए । प्राविधिकसहितको अनुगमन टोलीका अनुसार १ किलोमिटर ३ सय मिटर सडक निर्माणमा लापरवाही भएको छ । यो समाचार जनविद्रोह दैनिकमा छ ।

कर्मचारी नहुँदा कामै रोकियो शिर्षकमा कान्तिपुर दैनिकमा इलामको फाकफोकथुम गाउँपालिकाको समाचार छ । फाकफोकथुम गाउँपालिकामा आवश्यक्ता भन्दा ९० प्रतिशत कम कर्मचारी रहेको अध्यक्ष रामुकमार श्रेष्ठले बताए ।

चौमासिक कार्यसम्पादन सक्नु पर्ने बेलमा पनि कर्मचारी नभएर कामै नथालिएको उनको भनाई छ । ५० जना स्थायी कर्मचारीको दरबन्दी भएपनि अहिले ६ जनामात्रै छन् । १० वडा रहेको यो गाउँपालिकामा अहिले करारसहित २५ कर्मचार कार्यरत छन् ।

उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य उत्खनन् रोक्न माग गर्दै स्थानीयले सडक अबरुद्ध गरेपछि सडक सञ्चालन गराउन गएको प्रहरीसँग झडप भएको छ ।

झडपमा प्रहरीले ९ सेल अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीयले २० वटा टिपरको ढुंगा गिटी ५ दिनदेखि बेलका ४ लालबजारमा रोकेर राखेका थिए । ठेक्का लिएको डिबी कन्स्ट्रक्सन प्रालिले बेलका ६ मा रहेको सिसुवा खोलाबाट निकालेको ढुंगासहितको टिपर स्थानीयले नियन्त्रणमा ल्एिका हुन् ।

स्थानीयले अवैध भनेपनि नगरपालिकाले भने सबै प्रकृया पुरा गरेर ठेक्का लगाएको जनाएको छ । यो समाचार नागरिक पूर्वेलीमा छ ।

उद्घोष दैनकिमा सरकारको नीति नफेरिदा व्यवसायी निरास शिर्षकमा समाचार छ । प्रधानमन्त्रीको निर्देशन र अर्थमन्त्रीको लिखित सहमति समेत कार्यान्वयन नभएको भन्दै विराटनगरका व्यवसायी निरास बनेका छन् ।

सुनसरी र मोरङमा जीआई वायर उत्पादन गर्ने ४ वटा उद्योगहरुले आयात गर्ने कच्चा पदार्थमा अन्तःशुल्क लगाउनुका साथै भन्सार दरपनि बढाएपछि उद्योगहरु निरास भएका हुन् । ती उद्योगहरु वार्षिक ५ अर्ब बरावरको जिआई वायर भारत निकासी गर्दै आएका छन् ।

Loading...