fbpx

साइप्रसविरुद्ध बेल्जियमको आधा दर्जन गोल, विजयी यात्रा कायमै

विराटनगर, ४ मंसिर । आगामी वर्ष हुने युरो कपको छनौट खेलमा बेल्जियमले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्त्मि खेलमा बेल्जियमले साइप्रसविरुद्ध ६–१ गोलको फराकिलो जित निकालेको हो ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा बेल्जियमले साइप्रसको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । साइप्रसका निकोलास लौनौले खेलको १४औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता बनाएका थिए । तर, खेलको १६औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै बेल्जियमलाई बराबरीमा फर्काए ।

g

यस्तै खेलको ३५औं मिनेटमा र ४१औं मिनेटमा केभिन डी ब्रुनेले गोल गर्दै बेल्जियमलाई ३–१ गोलले अगाडि बढाए । खेलको ४४औं मिनेटमा यान्निक कार्रास्कोले गोल गर्दै टोलीलाई पहिलो हाफभरि ४–१ गोलको अग्रता बनाए ।

त्यसपछि खेलको ५१औं मिनेटमा साइप्रसका क्रिप्रस क्रिस्टोफोरोसले आत्मघाती गोल गरेपछि बेल्जियमले अझै ठूलो अग्रता बनायो । खेलको ६७औं मिनेटमा बेन्टेकेले व्यक्तिगत दोसो तथा बेल्जियमका लागि छैटौं गोल गर्दै टोलीलाई ६–१ गोलले जिताए ।

जितसँगै यसअघि नै युरो कपमा छानिइसकेको बेल्जियमले आफ्नो विजयी यात्रा कायमै राखेको छ । समूह ‘आई’को शीर्ष स्थानको उसले १० खेलमा नै स्पष्ट जित निकाली ३० अंक बनाएको छ ।

Loading...