fbpx

दक्षिण कोरियाविरुद्ध ब्राजिलले निकाल्यो सहज जित

विराटनगर, ४ मंसिर । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले दक्षिण कोरियामाथि ३–० गोलको सहज जित दर्ता गरेको हो ।

आबु धाबीस्थित मोहमद बिन जायद स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन लुकास पाक्युटा, फिलिप्पे कौटिन्हो र डेनिलोले समान एक–एक गोल गरे । पक्वुटाले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । यस्तै खेलको ३६ औं मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

gsdas

त्यसपछि खेलको ६० औं मिनेटमा डेनिलोले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए ।

Loading...