fbpx

बझाङमा ५.७ रेक्टर स्केलको भुकम्प

बझाङ ३ मंसिर । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

बेलुकी ७ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भुकम्पले जनधनको क्षती पुर्याएको समाचार भने आएको छैन् ।

Loading...