fbpx

भोली सार्वजनिक कार्यक्रममा नजान मन्त्रीहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (बुधबार) कुनै पनि सार्वजनिक कार्यक्रममा नजान मन्त्रीहरुलाई भनेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको भन्दै उनले मन्त्रीहरुलाई यस्तो भनेका हुन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकमा उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताए । उनले भोली मन्त्रिपरिषद पुनर्गठन गर्ने संकेत गर्दे केी दोहोरिने र केही बाहिरिने बताए । यसलाई अन्यथा नलिन पनि उनले आग्रह गरे ।

नयाँलाई अवसर दिनुपर्ने भएको र बाहिरबाटपनि मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाव रहेको प्रधानमन्त्री ओलीको भनाई छ । सोही क्रममा उनले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको एक मन्त्रीले बताए ।

Loading...