fbpx

नोबेलका उत्कृष्ट २० कर्मचारी पुरस्कृत, २७ विद्यार्थीलाई सम्मान

विराटनगर, ३ मंसिर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं वर्षीकोत्सवको असवरमा उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कलेजले २० जना कर्मचारीलाई पुरस्कृत र सर्वोत्कृष्ट अंक ल्याउने २७ जना विद्यार्थीलाई सम्मान गरेको हो
फरक–फरक १७ विधाका उत्कृष्ट कर्मचारीलाई जनही ६ देखि २५ हजारसम्म नगदसहित प्रशंसा पत्र र खादा ओढाएर पुरस्कृत गरिएको होे । सर्वोत्कृष्ट अंक ल्याउने २९ विधाका विद्यार्थीहरुलाई खादा ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मानित गरिएको छ ।

उनीहरुलाई अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, सञ्चालक डा.सुनिल शर्मा, प्रवन्ध निर्देशक इन्दिरा बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्राचार्य डा.रामहरी घिमिरे, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले सम्मान एवं पुरस्कृत गरे ।

Loading...