fbpx

भुटानले भारतीय पर्यटकमाथि कर लगाउने

भुटान ३ मंसिर । भुटानले भारतसहित बंगलादेश र माल्दिभ्सका पर्यटकलाई पनि कर लगाउने भएको छ । अहिलेसम्म भुटानले यी देशहरुका पर्यटकबाट कर लिएको छैन।

अहिले शुन्य करमा भुटान भ्रमणमा जाने यी देशका पर्यटकहरुले आगामी दिनमा भने कर तिनुपर्ने द हिन्दुले समाचार छापेको छ । भुटानले नयाँ पर्यटन नीति अनुसार यस्तो हुने भएको हो । आगामी महिनाबाट मन्त्रीपरिषद्ले भारत, बंगलादेश र माल्दिभ्सका पर्यटकबाट कर लिने सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने समाचारमा उल्लेख छ ।

सोमबार भुटानका विदेशमन्त्री तान्दी दोर्जीले भारतीय समकक्षी एस जयशंकरलाई भेटेर भारतीय पर्यटकमाथि कर लगाउने विषयमा कुराकानी गरेका छन् ।
दोर्जीले पछिल्लो दशकभन्दा अहिले पर्यटकहरु दश गुणा बढेको र यसले भुटानको नीति ओझेलमा परेको बताए ।

भारतीय विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। सन् २०१८ मा भुटानमा १ लाख ८० हजार भारतीयले भ्रमण गरेका छन् ।

Loading...