fbpx

मध्यरातमा ट्याङकर चोरी, ड्राइभर सहचालकलाई जंगलमा छाडियो

विराटनगर,३ मंसिर । बाराको अमलखेगञ्जबाट डिपोबाट विराटनगरकालागि छुटेको ट्याङकर बीच बाटोमा लुटिएको छ । आइतबार राति १ बजे २० हजार लिटर डिजेलसहितको ट्याङकर लुटिएको हो ।

सिराहाको लाहानमा रोकी राखेको अवस्थामा २० केएल लिटर (२० हजार लिटर) डिजलसहितको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लुटिएको सूचना आएको आलय निगम प्रादेशिक डिपो प्रमुख असोक साहले बताए ।

लुटिएको ट्याङकर लहानका ढुवानीकर्ता राजेशकुमार गुप्ताको हो । आइतबार राति खाना खाएर चालक र सहचालक सुतेको अवस्थामा गाडी लुटिएको गुप्ताले बताए । ‘खाना खाएर सुतेको बेला मान्छे आएर ड्राइभर र खलासीलाई कारमा राखेर ट्याङकर लगेछन् ।’ उनले भने ‘चालक र सहचालकलाई बर्दीबासको जंगलमा छाडेछन् । मैले बिहान मात्र थाहा पाए ।’

गुप्ताका गाडीमा चालक रामदेव यादव र सहचालक उमेश यादव थिए । मुखमा पट्टी बाँधेर आएका व्यक्तिहरुले उनीहरुलाई जीपमा राखेर अन्यन्त्र गरेका थिए । आइतबार राति लुटिएको ट्याङकर मंगलबारसम्म नभेटिएको उनले बताए । ‘हामी हिजैदेखि गाडी खोजिरहेका छौं ।’ उनले भने ‘ तर भेटिएको छैन् ।’

पूर्वाञ्चल ट्याङ व्यावसायी संघका अध्ययक्ष गुणराज निरौलाका अनुसार ट्याङकर लुटिएको घटना नेपालमा पहिलो पटक हो । ‘यस अघि भारतबाट तेल आयात गर्दा लुटिएको थिएन् ।’ उनले भने ‘ सम्भवत ट्याङकर लुटिएको यो घटना पहिलो हो ।’

निगमले बनायो समिति

नेपाल आयाल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न समिति बनाएको छ । विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितलाई एकसाताको म्याद दिइएको छ । समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक एक जना प्रतिनिधि छन् ।

Loading...