fbpx

सिटीको एकै दिन एक दर्जन सामाजिक काम

विराटनगर ३ मंसिर । लायन्स क्लब अफ विराटनगर सिटीले मंगलबार एक दर्जन बढी सामाजिक काम गरेको छ । मंगबलार एकै दिन १३ वटा सामाजिक काम गरेको हो ।

क्बलका अध्यक्ष घनश्याम पोखरेलले ग्रामिण बस्तीमा पुगेर एकै दिन १३ वटा काम गरेको बताए । सुनवर्षी ७ स्थित शान्ति क्षेत्र आधरभूत विद्यालयमा निःशुल्क आँखा शिविर गरेको थियो । जहाँ ७ सय ७६ जनाले आँख जाँच गराएका थिए । आँखा जाँच गराएका मध्ये ३२ जनाको मोतियाबिन्दु भेटिएको क्लबका अध्यक्ष पोखरेलले जानकारी दिए । आँखा जाच गराएका ७ सय ७५ जनालाई औषधी निःशुल्क वितरण गरिएको पोखरेलेल बताए ।

सोही दिन मधुमेह जाँच गरेको छ । मधुमेश जाँचमा ६ सय ९० जनाको परीक्षण गरिएको थियो । उच्च रक्तचाप जाँचमा १ हजार १ सय ११ जनाले परीक्षण गरे । दृष्टि सचेतना कार्यक्रम पनि गरेको थियो ।

मधुमेहका बारेमा ४ सय २० जनालाई जानकारी गराएका थिए । विद्यालय सरसफाइ सम्बन्धि जनचेतना, सरसफाइ, क्यान्सर सचेतना बारो जानकारी गराएको अध्यक्ष पोखरेलले बताए ।

Loading...