fbpx

कांग्रेसले गर्याे २१ बुँदामा सरकारको असफलता सार्वजनिक

काठमाडौं ३ मंसिर । निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसले सरकार असफल भएको भन्दै २१ बुँदे सूचि सार्वजनिक गरेको छ।

काग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमको आयोजना गर्दै सरकारको २१ महिनामा भएका २१ बुँदा अफलता देखाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय अयाोजित कार्यक्रममा सरकार कहाँकहाँ असफल भयो भन्ने फेहरिस्त पेश गरेका हुन्।

पुस्तिकाको संक्षेप पेश गर्दै शर्माले सरकारले भारतसँग सीमा विवाद समाधान गर्न नसकेको, भ्रष्टाचार काण्डमा मुछिएको, बुढीगण्डकी परियोजना अलपत्र पारेको, मेलाम्ची परियोजना अन्यौलपूर्ण भएको र डा. गोविन्द केसीले उठाएका गम्भीर मुद्दा सम्बोधन गर्न नसकेको लगायतका आरोप लगाए ।

त्यसैगरि उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक आदि मार्फत् प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको, आस्थाका आधारमा पत्रकारलाई कारबाही गरेको, बालुवाटार जग्गा कान्डमा सत्तापक्षका नेताहरुको बचाऊ गरेको लगायतका २१ बुँदा कांग्रेसले जारी गरेको पुस्तिकामा उल्लेख छ ।

शर्माले नेपाली कांग्रेसलाई अब युवामय बनाउने योजनाका साथ युवाहरु मार्फत् निर्वाचनसम्बन्धी पुस्तिका सार्वजनिक गरेको बताए।

Loading...