fbpx

चीनमा खानी विस्फोट हुँदा पन्ध्र जनाको मृत्यु

मङ्सिर ३ बेइजिङ। चीनको सान्छी प्रान्तको एक खानीमा विस्फोट हुँदा १५ जना बढीको मृत्यु भएको छ । विस्फोटमा परी ९ जना घाइते भएका छन् । मंगलबार दिएको जानकारी अनुसार सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको हो ।

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । खानीमा कार्यरत ११ जनालाई सकुशल उद्धार गरिएको उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा खानीमा हुने पटक पटक यस्ता दुर्घटना हुने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउँछन् ।

Loading...