fbpx

कुवेतसँग नेपाल पराजित

विराटनगर, ३ मंसिर । विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतविरुद्ध पराजय ब्यहोरेको छ । मंगलबार भएको खेलमा नेपालले कुवेतविरुद्ध १–० गोलको हार ब्यहोरेको हो ।

भुटानको चाङलिमिथाङ रंगशालामा भएको उक्त खेलमा कुवेतलाई जिताउन कप्तान बदर अल मतवा निर्णायक गोल गरे । उनले खेलको २८औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि कुवेतले पहिलो हाफभरि अग्रता बनायो । तर, बाँकी समयमा गोल हुन नसकेपछि नेपाल कुवेतविरुद्ध पराजित हुन पुग्यो ।

यस हारसँगै नेपालले कुवेतविरुद्ध दोस्रो खेलमा पनि हार ब्यहोरेको छ । विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको हार ब्यहोरेको थियो । छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको थियो कुवेत, जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।

Loading...