fbpx

यस्तो छ प्रियंका कार्कीले निर्देशन गरेको म्यूजिक भिडियो

विराटनगर, ३ मंसिर । अभिनयमा सफलता हात पार्न नसकेपछि अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता आयुष्मन देशराज जोशी म्यूजिक भिडियोमा देखिन थालेका छन् । प्रियंकाले ‘जस्ट अनोदर लब स्टोरी’ नामक वेब सिरिजबाट निर्देशनतर्फ हात बढाएकी हुन् । अब भने उनले म्यूजिक भिडियोलाई समेत निर्देशन गरेकी छन् ।

उनको निर्देशन रहेको म्यूजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । प्रियंकाको म्यूजिक भिडियो निर्देशन यो पहिलो अनुभव रहेको छ । बालगायिका आष्युका खनियाँको आवाज रहेको ‘मेरै लाहुरेले’ गीतलाई उनले निर्देशन गरेकी हुन् ।

सार्वजनिक गरिएको म्यूजिक भिडियोमा प्रियंका र आयुष्मानकै अभिनय रहेको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत र नरेन्द्र बियोगीले संगीत संयोजन रहेको छ ।

Loading...