fbpx

नेपाल भर्सेस कुवेत : प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा कुवेतको अग्रता

विराटनगर, ३ मंसिर । विश्वकप छनोटअन्तर्गत नेपालले अहिले कुवेतविरुद्ध खेलिरहेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा भइरहेको उक्त खेलको पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको छ ।

खेलको २८औं मिनेटमा कुवेतका कप्तानले गोल गरेपछि नेपाल १–० गोलले पछि परेको हो । कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि कुवेतले पहिलो हाफभरि अग्रता बनायो ।

sdf

नेपालले गोल गर्ने २ वटा सुन्दर मौका गुमायो । खेलको २३औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अभिषेक रिजाल डिबक्सभित्र चुक्न पुगे । यस्तै नेपालले ४१औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर साे प्रहार पाेलमा लागेर फर्कियाे । त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरियो ।

दशरथ रंगशाला तयार नहुने भएका कारण उक्त खेल भुटानमा खेलिएको हो । सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनोटका लागि नेपाली टोलीले कुवेतसँग खेलिरहेको हो । आजको खेलमा नेपाल कुवेतविरुद्ध बदला लिने दाउमा छ । विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको हार ब्यहोरेको थियो । छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको थियो कुवेत, जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।

Loading...