fbpx

‘जर्सी’को हिन्दी रिमेकमा शाहिदको जोडी मृणाल

विराटनगर, ३ मंसिर । बलिउडका चर्चित अभिनेता शाहिद कपुरले तेलेगु फिल्म ‘जर्सी’को हिन्दी रिमेकका लागि लागिपरेका छन् । फिल्मको हिन्दी रिमेकका लागि शाहिदलाई उक्त भूमिकामा निकै सुहाउने भएकोले अनुबन्धित गरिएको निर्देशक गोतम तिन्नाउरीले बताए । फिल्मको लागि अभिनेत्री पनि फाइनल गरिएको छ ।

फिल्मको मुख्य अभिनेत्रीको भूमिकामा नायिका मृणाल ठाकुरलाई अनुबन्धित गरिएको छ । फिल्ममा एउटा क्रिकेटरको जीवनमा आधारित भएको कथालाई प्रस्तुत गरिएको छ । तेलुगुमा सफल भएको चलचित्रमा काम गर्न पाउनु ठूलो कुरा रहेको र साहिदको जोडी भएर काम गर्न पाउँदा एकदमै उत्साहित रहेको मृणालले बताएकी छन् ।

sadf

तेलेगु फिल्म ’जर्सी’मा नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका रहेको थियो र सिनेमाले तेलेगु वक्सअफिसमा ७५ करोड भारू कमाउन सफल भएको थियो । उक्त फिल्मका लागि शाहिदले ४० करोड भारू मागेको खवर समेत सार्वजनिक भएको छ । यस विषयमा शाहिद तथा फिल्मका निर्देशकले केही पनि बताएका छैनन् ।

फिल्मको छायांकन छिट्टै सुरु हुने भएको छ । फिल्मलाई अल्लु अरविन्द, अम गिल, दिल राजुले संयुक्त रुपमा निर्माण गर्ने भएका छन् । फिल्मलाई २०२०को अगस्त २८ मा रिलिज गरिने भएको छ ।

Loading...