fbpx

निद्रामा झस्कने समस्या पुरुषमाभन्दा महिलामा बढी

विराटनगर, ३ मंसिर । मानिसहरूलाई प्रायः निन्द्रामा झस्किने समयमाले सताइरहेको हुन्छ । निद्रामा झस्किने समस्या के कारणले हुन्छ भन्ने विषयका बारेमा आजसम्म कुनै वैज्ञानिक कारण पत्ता लग्न नसकेको मानसिक रोग विशेषज्ञ डा. रितेश थापा बताउँछन् । धेरैमा यो समस्या मनोसामाजिक, मानसिक वा तनावका कारण हुने गरेको उनको भनाइ छ ।

निन्द्रामा झस्किने समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गरिन्छ । पुरुषको तुलनामा महिलाहरू धेरै सोच्ने, घर तथा परिवारको जिम्मेवारी लिनुपर्दा आउने तनावका कारण धेरै निन्द्रामा झस्किने गरेको पाइएको छ । निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखेको बेला निन्द्राबाट झस्किने हुन्छ । मानसिक तनाव भएका ब्यक्ति वा धेरै चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किने समस्या भइ सुत्न गाह्रो हुने गर्छ ।

मानसिक तनावका कारण हुने यो समस्या कहिलेकाँही भने शारीरिक समस्या तथा गलत खानपानका कारण पनि हुन सक्छ । सुतेको अबस्थामा मानिसले नराम्रो सपना देख्दा अनौँठो अनुभूति भएको कारणले मान्छेको मनोवल कमजोर भई एक्कासी आतिएर तर्सन थाल्छ । कहिलेकाँही निदाउन गाह्रो हुने, निदाउन सजिलो भए पनि उठ्ने बेलामा निद्रा नपुग्ने, पहिला कुनै ठूलो घटना भएर त्यसको झझल्को आउने, रक्सी तथा लागूपदार्थको सेवन, जथाभावी औषधि, निन्द्रा पर्ने औषधिको सेवनले पनि निद्रामा झस्किने समस्या निम्त्याउन सक्छ ।

नियमित रूपमा निद्राको बीचबीचमा बिउँझिने हुँदा डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र शरीर कमजोर भएर श्वास फेर्न गाह्रो भएको महसुस हुन्छ । निद्रामा झस्कने समस्याबाट बच्नका लागि सुरुमा के कारणले गर्दा झस्किने समस्या भएको भन्ने कुरा पत्ता लगाउन जरुरी हुन्छ ।

Loading...