fbpx

विरोधको भद्र शैली : सडक नबनेपछि मेयरको तस्बीर बिजुलीको पोलमा टाँगियो

विराटनगर, ३ मंसिर । विराटनगर महानगरपालिकाले सडक निर्माणमा चासो नदिएकाे भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको तस्बीर सडक पोलमा टाँगेका छन् । कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो निर्माण नभएपछि स्थानीयबासीले मेयरको तस्बीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका हुन् ।

समयमा नै सडक नबनाएपछि काठमाडौंमा सर्वसाधरणले ठेकेदारको तस्बीर सवारी साधन र सडकमा टासेर विरोध गरेका थिए । काठमाडौंमा दुई वर्षमा निर्माण बनिसक्नुपर्ने नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीको फोटो सार्वजनिक स्थानमा टाँसेर विरोध गरेका थिए ।

sdaf

काठमाडौंको सिको गर्दै विराटनगरमा पनि स्थानीयबासीले मेयरको फोटो राखेर भद्र विरोध गरेका हुन् । सडकबाट आजित भएकाहरुले मंगलबार बिहान भद्र विरोध स्वरुप पोलमा तस्बीर टाँगेको स्थानीय टेकेन्द्र भट्टराईले बताए ।

विराटनगर महानगरपालिकामा भित्र ढल तथा नाला निर्माण गर्नेगरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ । परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समम्या भाेग्दै आएका छन् ।

दुई वर्ष अघि सुरु भएको क्षेत्रिय सहरी विकास आयोजनाको ८० प्रतिशत भौतिक काम पुरा भएको आयोजनाले जनाएको छ । आयोजनाले कालोपत्रे ५३ प्रतिशत, ढलको काम ८८ प्रतिशत र सडक नाला निर्माणको काम सबै पुरा भएको आयोजना प्रमुख भरत न्यौपानेले जानकारी दिए ।

२०१७ नोबेम्बरमा सुरु भएको आयोजनाको सम्झौता सकिएकोले म्याद थप गर्ने थप्ने प्रक्रिया अघि बढेको न्यौपानेले बताए ।

Loading...