fbpx

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले भने, ‘बुद्धको जन्मस्थल नेपाल हाम्रो मुटुमा छ’

विराटनगर, ३ मंसिर । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल नेपाल आफूहरूको मुटुमा रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमनत्री केपी शर्मा ओलीको ट्वीटलाई कोट गर्दै यस्तो बताएका हुन् ।

राजापाक्ष राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत बधाइ दिएका थिए । प्रम ओलीको बधाइ सन्देशमा प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले बुद्धको जम्नस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको बताएका हुन् । साथै उनले निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।

afs

राजापाक्षले भनेका छन्, ‘भगवान गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।’

हालै भएको निर्वाचनमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्वरक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका थिए । झण्डै दश वर्षअगाडि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे गत आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए । सोही कार्यकालमा गोटाबाया रक्षामन्त्री हुन् ।

Loading...