fbpx

‘सेल्फी किङ’को पोस्टरमा यस्ता देखिए विपिन

विराटनगर, ३ मंसिर । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को फर्स्ट लूक सार्वजनिक भएको छ । फिल्म ‘प्रसाद’ निर्माण गरेको टिमको चलचित्र ‘सेल्फी किङ’ को पहिलो पोस्टर निर्देशक दिनेश राउतले मंगलबार सार्वजनिक गरेका हुन् ।

पोस्टमार विपिनलाई प्रस्तुत गरिएको छ । ‘सेल्फी किङ’ को नामले परिचित एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यो फिल्मले वाचन गर्ने भएको छ । हाँस्य कलाकारको भूमिका निर्वाह गर्ने मुख्य अभिनेता विपिन कार्कीको वरिपरि फिल्मको कथा घुम्ने बताइएको छ ।

sdaf

फिल्ममा अभिनेत्री केकी अधिकारीको अतिथि कलाकारको रूपमा प्रस्तुत हुने र उनले फिल्ममा समावेश गरिने आइटम नृत्य गर्ने भएकी छन् । विशाल सापकोटाको निर्देशनमा तयार हुने फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सवीन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरूको पनि अभिनय रहने छ ।

फिल्मको कथा निर्देशक सापकोटा आफैँले लेखेका हुन् । प्रवल कोइराला र राजेश विशुरलले संयुक्त रूपमा निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गर्ने भएका छन् । जीवन थापाको सम्पादनमा तयार हुने फिल्ममा सुवास भुषालको संगीत, गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहनुका साथै निर्मल लामाको कोरियोग्राफी रहने भएको छ । फिल्म आउँदो माघ २४ गतेबाट प्रदर्शनमा ल्याइने बताइएको छ ।

Loading...