fbpx

खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु

खोटाङ, ३ मंसिर । खोटाङमा खोलामा डुबेर तीन वर्षिय बालकको मृत्यू भएको छ । खोटेहाङ गाउँपालिका– ७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको हो ।

सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

Loading...