fbpx

कश्मिरमा हिम पहिरो, छ जनाको मृत्यू

काठमाडौं, ३ मंसिर । भारतको काश्मिरमा हिम पहिराेमा परी छ जनाको मृत्यू भएको छ । कश्मिरको उत्तरी सियाचिन हिमनदीकाे पहिराेमा परी चार जना सेनाका जवान र दुई सर्वसाधारणको मृत्यु भएको हो ।

गस्तीमा रहेको टोली हिमनदीको पहिरोमा परेको भारतीय सेनाले जनाएको छ । सेनाका अनुसार १९ हजार फुटको उचाइमा आठजना गस्तीमा सहभागि थिए । सोमबार दिउँसो भएको दर्घटनामा दुई जना सर्बाधरण सेनाका भरिया हुन् ।

दर्घटना लगतै पुगेकाे हिलिकप्टरले आठजनाकाे उद्दार गरी अस्पताल लगे पनि ६ जनालाइ बचाउन नसकिएकाे  भारतीय सञ्चार माध्ययमहरूले जनाएका छन् ।

Loading...