fbpx

गिधनिया प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

विराटनगर, ३ मंसिर । दुहबी–कटहरी ३३ केभी प्रसारणलाइन निर्माणमा ग्रामथान गाउँपालिका ५ का सर्बसाधरणले अवरोध गरेका छन् । मुख्यमन्त्री शेरधन राईले अवरोध हटाउन पहल गरेको करिब एक महिनापछि  प्रसारण लाइन निर्माणका लागि पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका हुन् ।

३३ केभी प्रसारण लाइनको गिधनिया क्षेत्रमा स्थानीयले तार लैजान दिएका छैनन् । सोमबार जोडरसहित पुगेको टोलीलाई स्थानीयबासीले काम अघि बढाउन अवरोध गरेका हुन् ।

गत कात्तिक १ गते मुख्यमन्त्री शेरधन राईले गिधनियाको अवरोध हटाउन सर्बपक्षिय छलफल आयोजना गरेका थिए । छलफलमा नेपाल विद्दुत प्राधिकरण प्रमुख कुलमान घिसिङ, माेरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल माेदीलगायतकाे सहभागिता थियाे । मुख्यमन्त्रीकाे पहल पछि ४५ दिन भित्र अवरोध हटाउने सहमति भएको थियो ।

तर दुहबी कटहरी ३३ केभी प्रसारण लाइन निर्माणकालागि गिधनिया पुगेका टोलीलाई स्थानीयसबासीले अण्डर ग्राउण्ड पनि गर्न नदिने बताउँदै काम गर्न अवरोध गरेका छन् । स्थानीयले अवराेध गरेपछि डाेजरसहित पुगेकाे टाेली फर्किएकाे छ ।

Loading...