fbpx

पत्रपत्रिकामा देश : अनुगमनमा जाँदा त्रिवी पदाधिकारीलाई कलेजबाट भत्ता, नौं मेडिकल कलेजका अस्पताल कानुन विपरित

विराटनगर, ३ मंसिर । संघिय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले विभिन्न विषयलाई प्रथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । मंगलबार प्रकाशित नागरिक दैनिकले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले मेडिकल कलेजहरुमा अनुगमन गर्न जाँदा कलेजबाट नै भत्ता बुझ्ने गरेको समाचार प्रकाशित गरेको छ ।

भौतिक पूर्वाधारको अनुगमन गर्न हरेक वर्ष त्रिविका पदाधिकारीहरु मेडिकल कलेजहरुमा पुग्छन् । अनुगमनकालागि पुग्दा ट्याक्सी भाडादेखि दैनिक भ्रमण भत्ता पनि कलेजबाट नै बुझ्ने गरेका हुन् ।

नयाँ पत्रिका दैनिकले नौं मेडिकल कलेजले सञ्चालन गरेका अस्पताल गैरकानुनी रहेको समाचार प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौं मेडिकल कलेजले बातावरणीय प्रभाव मूल्याङकन र भूकम्प प्रतिरोधी भवन प्रमाणिकरण आचारसंहिता पुरा नगरेका हुन् ।

मापदण्ड पूरा नगर्ने कलेजहरुमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृति विना सञ्चालनमा छन् । त्यस्तै शिक्षण अस्पताल महाराजगञ्ज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पनि स्वीकृति बिना सञ्चालनमा छन् ।

कान्तिपुर दैनिकले बम विष्फोट र घाइतेलाई जिउँदै जलाएको आरोपमा  कारागारमा रहेका पूर्व मन्त्री महमद अफताब आलमले कारागार भित्रबाटै धम्की दिएको समाचार प्रकाशित गरेको छ । पूर्पक्षकालागि थुनामा रहेका आलमले कारागारबाट नै रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीलाई राम्रो नहुने धम्की दिएका हुन् ।

कान्तिपुर दैनिकले संघिय सरकारका मन्त्रि परिवर्तन बारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमती जुटेको खबर प्रकाशित गरेको छ । कान्तिपुरमा नै  प्रदेश २ सरकारले संघिय सरकारले निर्माण गरेकाे  वन ऐन खारेजीको माग गर्दै सर्बाेच्च अदालतमा रिट हालेको छन् । नयाँ वन ऐनले प्रदेशको अधिकार क्षेत्र कटौती भएपछि प्रदेश २ ले संघिय सरकार विरुद्ध सर्बाेच्चमा रिट दायर गरेको हो ।

Loading...