fbpx

पत्रपत्रिकामा प्रदेश : छ लेन सडक परियोजना मापदण्ड विपरित, एक सय वर्ष पुरानो रंगेली बजार भत्काइयो

विराटनगर, ३ मंसिर । प्रदेश १ बाट प्रकाशित हुने विभिन्न दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई मुख्य समाचार बनाएका छन् । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकले मोरङको पुरानो सदरमुकाम रंगेली बजार भत्काइएको मुख्य समाचार छापेको छ ।

मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सरेपछि रंगेली सहर विकासमा पछि परेको थियो । तर हुलाकी सडक परियोजना अन्तरगत रंगेली बजारका ४.९ किलोमिटर क्षेत्रको घर तथा टहरा नगरपालिकाले भत्काएको छ ।

सडक मापदण्ड भित्र पर्ने संरचना हटाउन नगरपालिकाले सुचना जारी गरेको थियो । तर स्थानीयले अटेर गरेपछि आमतोलादेखि रंगेली बजारसम्मका आधार दर्जन घर टहरा भत्काइएको हो ।

उद्घोष दैनिकमा मनमोहन पोलिटेक्निक यसैसाता प्रदेश सरकारलाई हस्तान्त्रण गर्ने तयारी भएको समाचार छापिएको छ । प्रादेशिक विश्वविद्यालय घोषणा गरिएपछि पोलिटेक्निकले यसैसाता आफ्ना नामको दाहित्व प्रदेश सरकारलाई हस्तान्त्रण गर्ने तयारी गरेको हो ।

धरानबाट प्रकाशित ब्लाष्ट दैनिकले विराटनगर रानीदेखि इटहरी तरहरासम्म विस्तारको क्रममा रहेको ६ लेन सडक परियोजनामा विवाद भएको समाचार प्रकाशित गरेको छ । इटहरी बजार क्षेत्रमा सडकको चौडाईको विषयमा विवाद छ । भारत र चीनसँग जोड्ने सडकमा मनपरी मापदण्ड भएपछि इटहरी उपमहानगरपालिकाले आयोजनासँग कागजात माग गरेको छ ।

सडक विभागले ८२ फिट चाैडाइ हुनुपर्ने बताएपनि इटहरी क्षेत्रमा भने ६५ फिट मात्र चाैडाइ कायम गर्न खाेजिएकाे छ ।

ब्लाष्ट दैनिकमा सुनसरी र झापामा नेपाली भूमि भारतीयहरुले मिचेको खबर छापिएको छ । झापाको भद्रपुरमा पर्ने मेची पारीको गाउँ सन्थालबस्तीमा भारतले अतिक्रमण गरेको हो ।
त्यस्तै सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीमा रहेको तीनकुने खण्डलाई गुगलमा भारत तर्फ देखाइएको छ ।

विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिकले दुहबी– कटहरी ३३ केभी प्रशारण लाईन निर्माणमा गिधनियामा देखिएको अवरोध सामधान नभएको जनाएको छ । मुख्यमन्त्री शेरधन राईले समस्या सामधान गर्न पहल गरेका थिए । तर स्थानीयले भने अझै अवरोध गरिरहेका छन् ।

Loading...