fbpx

मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

विराटनगर, ३ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत अर्जेन्टिना र उरुग्वेले बराबरी खेलेका छन् । सोमबार राति भएको उक्त खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् ।

इजरायलको टेल एभिभस्थित ब्लुमफिल्ड स्टेडियममा भएको सो खेलमा उरुग्वेले सुरुआती अग्रता बनाएको थियो । इडिन्सन काभानीले खेलको ३४औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि उरुग्वेलाई अग्रता दिलाए ।

sadf

खेलको ६३औं मिनेटमा सर्जियो अगुएरोको गोलमा अर्जेन्टिना १–१ गोलको बराबरीमा फर्कियो । खेलको ६८औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै उरुग्वेलाई पुनः अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो, जसमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए । र, खेल २–२ गोलको बराबरीमा सकियो ।

sadf

दक्षिण अमेरिकी फुटबलमा विकसित राष्ट्रद्वय अर्जेन्टिना र उरुग्वेबीचको यो भेट १ सय ९८औं भेट हो । यी दुई टोली पछिल्लो पटक सन् २०१७ को सेप्टेम्बरमा आमनेसामने भएका थिए । विश्वकप छनौटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै त्योभन्दा अघिल्लो खेलमा भने अर्जेन्टिनाले जित निकालेको थियो ।

२०१६ को सेप्टेम्बरमा भएको विश्वकप छनौटकै खेलमा अर्जेन्टिनाले उरुग्वेविरुद्धको १–० गोलको जित निकालेको हो । त्यसअघि सन् २०१५ मा कोपा अमेरिकाको दौरान पनि अर्जेन्टिनाले १–० जित निकालेको छ । त्यसअघिको विश्वकप क्वालिफिकेसमा उरुग्वेले ३–२ गोलको जित निकालेको छ । उक्त खेल सन् २०१३ मा भएको थियो ।

Loading...