fbpx

‘माछा माछा’को गीतमा सौगात र सृष्टिको यस्तो डान्स (भिडियोसहित)

विराटनगर, २ मंसिर । चर्चित अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘माछा माछा’को गीत रिलिज भएको छ । आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने उक्त फिल्मको ‘म्याडम म्याडम’ बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

गीतमा अनुपम शर्माको स्वरत तथा संगीत रहेको छ । उक्त गीतको भिडियोमा सौगात र सृष्टि श्रेष्ठको नृत्य रहेको छ । सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘माछा माछा’मा मुख्य भूमिका निभाएका अभिनेता सौगातका साथ, बिजय अनोजको र माओत्से गुरुङका साथ फिल्म गाँठोबाट डेब्यु गरेकी अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका र सृष्टि श्रेष्ठको विशेष भूमिका रहेको छ ।

तीन जना गाउँले युवकहरू सहरमा आएर आफूलाई स्थापित गराउनका लागि गरेको संघर्षको कथामा आधारित रहेको फिल्ममा यी ४ कलाकारका साथ प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुष्करलगायतको पनि अभिनय रहेको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा रहेर निर्माण भएको फिल्मलाई शिवराम श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा छायांकन गरेका हुन् । रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारको संयुक्त लगानी रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रअनुपम शर्माको संगीत रहेको छ ।

Loading...