fbpx

तनावले गर्छ पाचन प्रणालीमा असर, यस्ता छन् तनावले निम्त्याउन सक्ने रोगहरू

विराटनगर, २ मंसिर । तनावले मानिसलाई शारीरिक र मानसिक दुवै रूपमा कमजोर बनाउँदै लान्छ । कामको तनाव, भविष्यको तनाव, पारिवारिक, पढाइ तथा विभिन्न सम्बन्धमा आउने तनावका कारण मानिसहरू आफैँलाई रोगी बनाइरहेका हुन्छन् ।

तनाव र पेटको सम्बन्ध पनि धेरै छ । पाचन प्रणालीको सबै भागहरू पेटमा नै हुन्छन् र अन्य अंगहरूको तुलनामा तनावले पाचन प्रणालीमा धेरै असर गर्ने गर्छ । तनाव हुँदा कसैको टाउको दुख्छ भने कसै कसैको पेट पनि दुख्न सक्छ । पेटमा पाचन रसहरू बन्नका लागि धेरै नशाहरूले काम गरिरहेका हुन्छन् र तनाव हुँदा नसाहरू उत्तेजित हुन जान्छन् र रसायन तथा शरीरको हर्मोनहरू उत्पादनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

asdf

पाचन प्रणालीमा परेको गडबडीका कारण मानिसलाई विभिन्न रोगहरू लाग्न सक्छ । आजकाल मानिसहरू धेरैजसो सानो–सानो कुराले नकारात्मक तनाबबाट गुज्रिरहेका छन् । तनाबका कारण मानिसलाई धेरै रोगहरूसमेत निम्त्याइरहेका छन् । तनाब लिदाँ पेटमा ग्याँस उत्पन्न भइ ग्याष्टिकको समस्या हुन थाल्छ ।

तनाव हुँदा टाउको दुख्ने, पेटसम्बन्धी रोग, आस्थामा, मोटोपना, मधुमेह, आल्जाइमर, डिमेन्सिया जस्ता रोगहरू देखा पर्न सक्छ । अन्त्यमा यी रोगहरू नै जटिल बन्दै गइ हृदयघात, मस्तिष्कघात, शरीरको विभिन्न अंगहरू ड्यामेज हुनु, डिप्रेसन तथा आत्महत्याको भावनाहरू आउन सक्छ ।

Loading...