fbpx

यस्तो बन्यो अक्ष र करीना अभिनित फिल्म ‘गूड न्यूज’ को ट्रेलर (भिडियोसहित)

विराटनगर, २ मंसिर । बलिउडका चर्चित अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपुरको फिल्म ‘गूड न्यूज’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरचलाई कमेडी शैलीमा तयार पारिएको देख्न सकिन्छ ।

एक फरक कथामा तयार भएको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने निर्माण टिमको अपेक्षा रहेको छ । फिल्ममा अक्षय र करीनाका साथ कियारा आडवाणी र राज मेहेताको मुख्य भूमिका रहेको छ । फिल्मको कहानी सरोगेसीमा आधारित रहेको छ । सन्तानको अपेक्षामा रहेका २ जोडीको कथालाई राज मेहत्ताको निर्देशन गरेका छन् ।

ज्योति कपुरको कथा तथा पटकथा रहेको फिल्मलाई धर्मा प्रोडक्शनले निर्माण गरेको हो । फिल्मको पोस्टर केही दिनअगाडि मात्र सार्वजनिक गरिएको थियो । फिल्म यसै वर्षको क्रिसमसको क्षेको अर्थात् २७ डिसेम्बरका दिन रिलिज हुने भएको छ । अक्षय र करीनाले ’कमबख्त इश्क’ पछि झण्डै ९ वर्षपछि एकसाथ काम गरेका हुन् ।

Loading...