fbpx

दुई वर्षपछि फेरि संसारकै धनी व्यक्ति बने बिल गेट्स

विराटनगर, २ मंसिर । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स संसारकै सबैभन्दा धनी व्याक्ति बन्न सफल भएका छन् । दुई वर्षपछि फेरि एकपटक उनी संसारकै धनी बनेका हुन् ।

ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार ६४ वर्षका गेट्ससँग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति रहेको छ । सन् २०१७ पछि गेट्स सबैभन्दा धनी व्याक्ति बन्न सफल भएका हुन् । माइक्रोसफ्टको शेयर पछिल्लो समय ४८ प्रतिशतले बढेकाले गेट्सलाई फाइदा पुगेको हो ।

सन् २०१७ र २०१८ मा अमेजनका मालिक जेफ बेजोस संसारका सबैभन्दा धनी बनेका थिए । अहिले उनी दोस्रो नम्बरमा झरेका छन् । ब्लुम्बर्गले जनाएअनुसार उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ । अमेजनको शेयर भने २ प्रतिशतले घटेको र श्रीमतिसँगको सम्बन्ध विच्छेदका कारण सम्पतिको २५ प्रतिशत दिनु परेको हुँदा जेफ बेजोसले ३५ अर्ब डलर गुमाए । यदि, उनले पैसा नगुमाएको भए उनीसँग १ सय ४४ अर्ब डलर हुने थियो ।

संसारको सबैभन्दा धनी व्यक्तिको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट, चौथो स्थानमा वारेन वफेट र पाँचौ स्थानमा फेसबुकका सिइओ मार्क जुकरबर्ग परेका छन् ।

Loading...