fbpx

‘दि कर्मा’ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय

विराटनगर, २ मंसिर । नेपाली फिल्म ‘दि कर्मा’ आगामी माघ १७ गते प्रदर्शन हुने तय भएको छ । फिल्मको प्रदर्शन मिति तय गर्दै निर्माण टिमले फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरेको छ ।

प्रचारप्रसारको पहिलो सामग्री स्वरुप फिल्मको औपचारिक पोस्टर सार्वजनिक गरिएको फिल्मका निर्माता जय राज रायले बताएका छन् । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई भिन्न रूपमा देख्न सकिन्छ । देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अभिनेत्री परमिता आरएल राणा र भारतका कलाकार करण वर्माको मुख्य भूमिका रहेको छ ।

ds

फिल्ममा यी दुईका साथै नीता ढुंगाना, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित रहेको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा रहेर निर्माण भएको फिल्म ‘दि कर्मा’को कथा निर्माता जय राज राय आफैँले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको संयुक्त निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शुशील पोखरेलले लेखेका हुन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । नेपालसँगै फिल्म अन्य मुलुकहरुमा पनि रिलीज हुने बताइएको छ । फिल्म अष्ट्रेलियामा, दक्षिण कोरिया, जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलिजपछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए ।

Loading...