fbpx

जाडो महिनामा यति लिटरसम्म पानी पिउनु पर्छ

विराटनगर, २ मंसिर । जाडोको मौसम सुरु भइसकेको छ । जाडोमा चिसोका कारण अधिकांश मानिसहरूलाई तिर्खा लाग्दैन । तिर्खाको अनुभूति नभएको कारणले मानिसहरू पानी खानसमेत बिर्सिन्छन् ।

तर, तिर्खा नलागे पनि मानव शरीरलाई सुख्खा हुन नदिनका लागि बारम्बार पानी पिउन अति आवश्यक हुन्छ । अधिकांश मानिसहरू जाडोको महिनामा कति पानी खानुपर्ला भनेर सोच्ने गर्छन् । बढी जाडोमा सामान्य व्यायाम गर्दा वा पसिना नआएको खण्डमा पनि पानी बारम्बार खाइरहनु आवश्यक हुन्छ । व्यायाम गर्ने मानिसहरूले भने केही सावधानी अपनाउनुपर्छ । व्यायाम गर्दा निक्कै पसिना बगेको छ भने व्यायामपछि २ देखि ३ कप पानी पिउनुपर्छ ।

सामान्यतया १९ वर्ष पुगेपछि पुरुषलाई ३.७ लिटर र महिलालाई दैनिक २.७ लिटर पानीको आवश्यक पर्छ । तर, उक्त मात्रा व्यक्तिको उमेर, तौल, शरीरको गतिविधि तथा गर्ने कामपिच्छे फरक हुन्छ । जिम वा व्यायाम गर्ने मानिसहरूलाई अरुको भन्दा धेरै पानीको आवश्यकता पर्छ । त्यस्तै, बाहिर हिँडिराख्ने, लामो समय कम्प्युटरमा काम गर्नेका लागि पनि बढी पानी पिउनु पर्छ ।

शारीरिक गतिविधि नगर्नेका लागि पनि शरीरमा पानीको आवश्यक हुन्छ । दैनिक खाने फलफूल, तरकारी, चिया सुप छोडेर पुरुषहरूले करिब १० गिलास पानी पिउनुहोस् । शारीरिक गतिविधि गर्नेहरूलाई कम्तीमा पनि १२ गिलास पानी पिउनु पर्छ ।

दैनिक खाने फलफूल, तरकारी, चिसा सुप छोडेर महिलाहरूले कम्तीमा ७ देखि ८ ग्लास, र शारीरिक व्यायाम गर्नेहरूले कम्तिमा दिनको १० ग्लाससम्म पानी पिउनु पर्छ । स्तनपान गराउने महिलाले सामान्यभन्दा अलि धेरै नै पानी पिउने गर्नुपर्छ ।

Loading...