fbpx

पिता बने विपिन कार्की, छोरीको पिता बन्न पाएकोमा प्रशन्न

विराटनगर, २ मंसिर । भर्सटाइल अभिनेता विपिन कार्की पिता बनेका छन् । सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित बयोद्या अस्पतालमा उनकी श्रीमती रेश्मा कटुवालले छोरीलाई जन्म दिएकी हुन् ।

५ वर्षअगाडि विवाह गरेका विपिन र रेश्माको पहिलो सन्तानको रूपमा छोरीको जन्म भएको हो । छोरीको आगमन भएकोमा विपिनले आफ्नो खुसी व्यक्त गर्दै छोरीलाई काखमा लिएको तस्बिर फेसबुकमा सेयर गरेका छन् । फेसबुकमा फोटो सेयर गर्दै हाम्रो प्रेम र बन्धनको पहिलो उत्पादन रहेको र आफूहरू माता–पिता बन्न पाएकोमा प्रशन्न रहेको भनेर लेखेका छन् ।

sadf

साथै छोरी पछि गएर सुनको दिल भएको एक सुन्दर र आकर्षक महिलाको रूपमा विकसित हुनेमा आफ्नो विश्वास व्यक्त गरेका छन् । फेसबुकमा फोटो सेयर गरिसकेपछि अहिले फिल्मकर्मी र प्रशंसकहरुले उनीहरूलाई बधाई दिइरहेका छन् । अहिले आमा र छोरी दुबैको स्वास्थ्य सामान्य रहेको र विपिनले छोरीको नाम सोचिरहे पनि अहिले नै कुनै नराखेको बताए ।

प्रत्येक फिल्ममा फरक–फरक भूमिका निभाउँदै आएका विपिन हालै फिल्म ‘सेल्फी किङ’ को छायांकन सकाएका छन् । यसमा उनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । विपिनले एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षकोलाई कथामा देखाइएको छ । फिल्म यही फाल्गुन २३ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...