fbpx

पूर्वराजा ज्ञानेन्द्र ठमेलको नाइट क्लबमा यसरी नाचे (भिडियोसहित)

काठमाडौं, २ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका साथमा ठमेलको एक नाइट क्लबमा पुगेका छन् । गत शनिबार राति उनी परिवारका सदस्यसहित ठमेलको एलओडी (लर्ड अफ ड्रिङ्क्स) नामक नाइट क्लबमा पुगेका हुन् ।

ज्ञानेन्द्रको साथमा पूर्वयुवराज्ञी हिमानी पनि थिइन् । उनी त्यहाँ सहभागीहरूको हात समाउँदै नाचेका थिए । उनीहरूसँग कलाकारहरू रीमा विश्वकर्मा, केकी अधिकारी, पूरा शर्मालगायत क्लबमा उपस्थित युवायुवतीले तस्बिर र सेल्फीसमेत खिचाएका थिए । उक्त क्लबले केही तस्बिरहरू र भिडियोसमेत सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् ।

यस्तैमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक–राजसंस्था ।’

 

Loading...