fbpx

भुटानमा कुवेतविरुद्ध खेल्न नेपाली टोलीको अन्तिम तयारी (फोटो फिचर)

काठमाडौं, २ मंसिर । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली भुटानमा छ । शनिबार भुटान पुगेको नेपाली टोलीले कुवेतसँगको खेलमा लागि तयारी गरिरहेको छ । ‘होम म्याच’ अन्तर्गत उक्त खेल मंगलबार भुटानको चाङलिमिथाङ रंगशालामा हुनेछ ।

दशरथ रंगशाला तयार नहुने भएका कारण भुटानमा गर्न लागिएको हो । सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनोटका लागि नेपाली टोलीले कुवेतसँग खेल्न लागेको हो । विश्वकप छनोटको अवे खेलमा नेपालले कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

सोही खेलको बदला लिनका लागि यो खेलमा नेपाल जितको अपेक्षामा छ । छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको थियो भने कुवेत, जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।

नेपाली टोलीले आइतबारदेखि नै अभ्यासमा जुटेको छ । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीको अभ्यासरत रहेको केही फोटो सार्वजनिक गरेको छ ।

Loading...