fbpx

करेण्ट लागेर एक महिलाको मृत्यु

झापा २ मंसिर । झापामा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका ९ की ५७ वर्षीया बुद्धीमाया तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतवार बेलुका बारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका गाईवस्तु धपाउने क्रममा उनलाई करेण्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाका विषयमा इलाका प्रहरी कार्यालय धुलावारीले अनुसन्धान सुरु गरेको छ । तमाङको शव परीक्षणको लागि लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।

Loading...