fbpx

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ २ मंसिर । मोरङको सुन्दरहरैचा नगरपालिका ८ विराटचोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

आइतबार राती पौने ११ बजे पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका भएका मोटरसाइकल चालक झापाको कन्काई नगरपालिका ३ का ४४ पेर्षीय पेशल केसी लाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परी ट्रकमा सवार रहेका इटहरीका एम पी रुस्तम र मित्र लाल न्यौपाने घाइते भएका छन् । उनीहरुको विराट नर्सिङ होममा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Loading...