fbpx

सामान्य दुखाईमा खानु हुँदैन ‘पेनकिलर’

विराटनगर २ मंसिर । सानोतिनो दुखाई पनि सहन नसक्ने भएको कारणले डाक्टरको परामर्श बिना नै आजकल आफूखुसी पेनकिलरको सेवन गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ । तर, टाउको तथा शरीरको सामान्य दुखाई लगायतका कतिपय रोगहरु औषधि नखाई पनि निको हुने गर्छन् । डाक्टरको सल्लाह पनि नचाहिने तथा सजिलै उपलब्ध हुने र बिरामी तत्काल राहत अनुभव हुने कारणले पेनकिलरको सेवन अधिक मात्रामा भइरहेको छ ।

तत्काल राहत अनुभव हुने भएपनि शरीरमा पेनकिलरले धेरै नकारात्मक असर गरिरहेको हुन्छ । नियमित पेनकिलरको सेवनले गर्दा सामान्य व्यक्ति देखि लिएर डाक्टरले समेत दीर्घकालिन गम्भीर असर निम्त्याउने थाहा हुदा हुदै पनि नजर अन्दाज गरिरहेका छन् । अधिक मात्रामा पेनकिलरको सेवन गर्नु निकै खतरानक हुने गर्छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार धेरै मात्रामा पेनकिलरको प्रयोगले मुख सुक्ने, पिसाब पोल्ने, भोक हराउने, पेटमा ग्यास बढ्ने, ग्यास्ट्रिक, छाती पोल्ने, पेट दुख्ने, पेटमा घाउ, नमिठो डकार, अमिलो पानी तथा वान्ताको समस्या निम्तिन सक्छ । साथै फोक्सो, मुटु, कलेजो, मिर्गौला लगायतका भित्री अंगहरुलाई ड्यामेज हुन सक्छन् ।

पेन किलरले रगतलाई दुषित बनाइ उक्त रक्तचाप, मुटु सम्बन्धि विभिन्न रोग निम्त्याउनुका साथै हृदयघात समेत गराउन सक्छ । गर्भावस्थामा गर्भवती महिलाहरुले पेनकिलरको सेवनले गर्भपतनको खतरा रहनुका साथै बच्चामा समेत असर हुने गर्छ । यसले बिरामीहरूलाई मानसिक रोगी समेत बनाउन सक्छ । अझ पहिलाबाटै मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या भएका व्यक्तिहरूले पेनकिलरको सेवनले स्वास्थ्य स्तिथिलाई झनै गम्भीर बनाउन सक्छ ।

Loading...